नेपाली मिडियामा हिंसाका समाचारः कारण, परिणाम र औचित्य
देशमा विगत दश वर्षेखि आन्तरिक द्वन्द जारी छ । राज्यसत्ता परिवर्तनका लागि भनेर बन्दुक उठाएको बिद्रोही पक्ष र त्यसलाई राजनीतिक रुपमा सम्बोधन गर्न इन्कार गरिरहेको राज्यपक्षका कारण देशमा हिंसात्मक घटनाहरु सामान्य दैनिकीजस्तै बन्दै गैरहेका छन् । विशेषगरी २०५८ मंसिरमा माओवादीहरुले युद्धविराम भंग गरेर पुनः युद्धमा फर्केपछि हिंसाको आयतन बढेको छ र भयानक रुपमा परिणत भएको छ । हिंसाको आयतन यति बढ्यो कि गत भदौ १८ गते माओवादीले एकतर्फी युद्धविराम गर्नु अगाडि यस्ता हिंसात्मक घटनामा मृत्यु हुनेहरुको संख्या औसत रुपमा दैनिक सात पुग्यो । यसरी हिंसाका घटनाहरु प्रत्येक नेपाली -एकअर्काबाट थाहा पाउने र सञ्चारमाध्यमबाट थाहा पाउने) हरुका लागि दैनिक समाचार बन्न थाले ।
छिट्टै सुरक्षाफौज-माओवादी भीडन्त वा कुनै पक्षबाट विभत्सरुपमा गरिने हत्याका घटनाहरु संचामाध्यमका नियमित स्तम्भ बन्न पुगे । भिडन्तस्थलमा सुताइएका दर्जनौँ लासहरु र युद्धमा क्षतविक्षत बनेका शवका विभत्स दृश्यका ठूल्ठूला तस्वीरहरुले पत्रिकाको प्रथम पृष्ठमा स्थान पाए । टेलिभिजनको पर्दामा नजिकबाट खिचिएका -क्लोज अप) तस्वीरहरु धेरै मिनेटसम्म देखाइन थाले । शुरुमा यस्ता दृश्य र समाचारहरु सामान्य लागे । हिंसात्मक घटनाहरुमा समाचारमा हुनुपर्ने धेरै गुणहरु हुने भएकोले सम्पादकहरुले यस्ता घटनाहरुलाई समाचारको रुपमा प्रयोग गर्दैगैरहे । यही कारण हिंसा स्वतः समाचार बन्दछ भन्ने मान्यताका आधारमा अंतर्राष्ट्रिय समाचारको सवालमा पनि हिंसालाई बढी प्राथमिकता दिने गरेको पाइन्छ ।
विशेषतः हिंसात्मक घटनाहरु धेरै हुने इराक पछिल्लो समयमा संचारमाध्यमका अंतर्राष्ट्रिय पृष्ठ वा भागमा अनिवार्य बन्न थाल्यो । साथै अप्रिmका, यूरोप र अमेरिकाका हिंसात्मक समाचारहरु सम्पादकको छनौटमा स्वतः पर्न थाले । समाचार छनौट गर्ने क्रममा सम्पादकहरुले घटनाको समाचारीय महत्व ९ल्भधक खबगिभ० लाईमात्र प्राथमिकता दिने गर्दछन् । त्यसले समाजमा छाड्ने प्रभावका बारेमा ख्याल गर्ने फुर्सद पनि हुँदैन वा यो विषय उनीहरुका लागि सोचनीय नै हुँदैन । नेपालमा आमसंचारका साधनको तीव्र र व्यावसायिक विकासको इतिहास धेरै लामो नभएकोले -२०४९ पर्छि मात्र नेपाली मिडयाको तीव्रतर र व्यावसायिक विकास भएको मान्दा) समाजशास्त्रीहरुको पर्याप्त ध्यान तिनका असरहरुका बारेमा पुग्न नसकेको पाइन्छ ।
आन्तरिक हिसात्मक घटनाहरुको बारेमा समाचार प्रवाह नगरी सुख छैन । तर त्यसलाई थप हिंसा र द्वन्द निम्त्याउने गरी प्रस्तुत गर्नु पूरै समाज र देशको लागि प्रतिकूल हुनसक्छ । जुन हिसाबले माओवादी हिंसाका घटनाहरुका बारेमा कसले छिटो र धेरै क्षतिको विवरणसहित समाचार दिने भन्ने विद्युतीय संचारमाध्यमहरु -जस्तो कि टिभी र एफएमहरुमा ब्रेकिङ न्यूज र न्यूज फ्ल्यास) बीच प्रतिस्पर्धा थियो, यसलाई व्यावसायिक अभ्यास मान्न सकिएला तर द्वन्द कम गर्नेतर्फो सकारात्मक र संयमित कदम मान्न सकिदैन । विशेषतः काठमाडौंबाट प्रकाशित हुने दिवा र सन्ध्याकालीन पत्रिकाहरुले घटनालाई अतिरंजित गरेर प्रकाशित गर्दा थुप्रै पटक अनावश्यक आतंक सिर्जना भएको उदाहरणहरु हामीसँग छन् । यस्तो अवस्थामा संयमित भएर समाचार प्रवाह गर्नु संचार जगतको दायित्व हो । कान्तिपुर पब्लिकेसन्सले विभत्स तस्वीहरु नछाप्ने भनेर लिएको नीति सकारात्मक मान्न सकिन्छ । पछिल्लो समयमा कालिकोटको पिली भिडन्तका बेला माओवादीले हत्या गरेका सैनिकका लासका दृश्यहरु छाप्नका लागि अति विभत्स भन्दै केही पत्रिकाहरुले छापन अस्वकिार गरेका थिए ।
म्याक्वेल (२००१, ४३४-६) ले टेलिभिजनमा प्रस्तुत हिंसाले थप हिंसात्मक गतिविधिलाई बढावा दिनुका साथै अन्य थुप्रै नकारात्मक असर पार्ने कुरा प्रमाणित भएको उल्लेख गरेका छन् । थुप्रै अध्ययनका प्रतिवेदनहरुलाई उद्धृत गर्दै यस्ता हिंसात्मक प्रस्तुतीहरुले थप हिंसा उत्पन्न हुने उनले ठोकुवा गरेका छन् । उनका भनाइलाई थुप्रै समाजशास्त्रीय अध्ययनहरुले आधार दिएका छन् । त्यसकारण यस्ता प्रस्तुतीहरु र तिनको मात्रा अब नेपाली मिडियाको सर्न्दर्भमा पनि अध्ययनको विषयवस्तु बन्नैपर्दछ ।
माथि उल्लेख गरे झैं आन्तरिक हिंसाका समाचारहरु र्टार्न नसकिएपनि संयमित प्रस्तुती र नियन्त्रित मात्रामा प्रवाह गरेर तिनका नकारात्मक प्रभाव घटाउनेतर्फपरिणाममुखी पहल गर्न सकिन्छ । समस्याको प्रमुख पाटो भने अंतर्राष्ट्रिय समाचारको प्रस्तुतीमा देखिन्छ । जसलाई सामान्य सतर्कता अपनाउँदा त्यसबाट पर्नसक्ने ठूलो असरलाई कम गर्न सकिन्छ ।
यस परिस्थितिमा हिंसात्मक घटनाहरुको समाचारीय महत्व खोतल्दै विश्वमा हालसम्म भएका केही अध्ययन र विज्ञहरुका धारणाहरुका आधारमा तिनको औचित्य विश्लेषण गर्ने प्रयास गरिएको छ । तिनबाट उत्पन्न हुनसक्ने -वा भइरहेका) सकारात्मक/नकारात्मक परिणामका बारेमा पनि यहाँ चर्चा गर्ने प्रयास गरिएको छ । यहाँ उल्लिखित तथ्य र धारणाहरु नेपाली मिडियाको सवालमा ठ्याक्कै नमिले पनि तिनले यस विश्लेषणका लागि गहन आधार प्रदान गर्ने विश्वास लिइएको छ । लेखको अन्तमा जिम्मेदार पत्रकारिता क्षेत्रले अब आफूले पस्कँदै आएको विषयवस्तुमाथि पनि वहस शुरु गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
१. हिंसात्मक घटना किन सधैं समाचार बन्छन् -
क) समाचारीय तत्व (News Value)
समाचारका तत्वहरुका बारेमा विद्वानहरुबीच थुप्रै विवादहरु रहेतापनि मेन्चर -२००४) ले सामान्यतः समाचार बन्नको लागि सातवटा तत्वहरु आवश्यक हुने कुरा औंल्याएका छन् । उनका अनुसार कुनै घटना समाचार बन्नको लागि प्रभाव, महत्व, अस्वभाविकता, सामिप्यता, द्वन्द, सामयिकता र तात्कालिकता मध्ये कम्तीमा एक तत्व हुनुपर्दछ ।
यीमध्ये धेरै तत्वहरु पाइने भएकोले हिंसात्मक घटनाहरु स्वतः समाचार बन्दछन् भन्ने एउटा धारणा पत्रकारिता क्षेत्रमा स्थापित भएको पाइन्छ । हिंसात्मक घटनाहरुमा प्रायः अस्वभाविकता र द्वन्द का साथै थप तत्वहरु पनि हुने गर्दछन् । सोही आधारमा अधिकांश समाचारहरुको पठनीयता (Readership) निर्माण हुने गर्दछ । अंतर्राष्ट्रिय समाचारको सवालमा समाचार संस्थाहरुको दादागिरी ९ज्भनझयलथ० का कारण पनि त्यस्ता समाचारहरु नेपाली मिडियामा अनिवार्य देखिएका छन् । यी छुट्टाछुट्टै तत्वहरुको नेपाली मिडियाको सर्न्दर्भमा सान्दर्भिकता (Relevence) को बारेमा तल चर्चा गरिएको छ ।
ख) पठनीयता ९च्भबमभचकजष्उ या तजभ ख्ष्यभिलअभ ल्भधक०
माइकल कुन्जिक (१९९४-१८५) का अनुसार हिंसात्मक समाचारको उपभोगमा दैनिक समाचारपत्रहरुमा सबैभन्दा बढी पढिने अंश भनेको हिंसाका समाचारहरु हुन् ।
यो अर्को कारण हो कि हिंसात्मक घटनाहरु प्रायः समाचार बन्ने गर्दछन् । पश्चिमी संचारमाध्यममा समाचारको एक प्रमुख मापदण्ड हिंसा पनि हो । तर्सथ हिंसाले अंतर्राष्ट्रिय सञ्चारमाध्यममा स्थान प्राप्त गर्नु वा समाचार संस्थाहरुले हिंसाका समाचारहरु प्रवाहित गर्नु सामान्य कुरा हो । तर आन्तरिक हिंसाले कायल बनेको हाम्रोजस्तो देशमा यस्ता समाचारहरु घटाउँदै लैजानु बुद्धिमत्ता हुन सक्छ ।अहिले पश्चिमा सञ्चारमाध्यमहरुले माथि उल्लेख भएका नाटकीय, मानवीय चाख र द्वन्द बाहेक नकारात्मकतालाई अर्को प्रमुख समाचार मापदण्डको रुपमा लिन थालेका छन् । ग्याल्टुङ र होलम्बो (१९६-२६६) का अनुसार परिणाममा जति नकारात्मक भयो त्यो घटना त्यति नै बढी समाचार बन्न लायक हुन्छ ।
यो दैनिक वा बुलेटिनपिच्छे नै हिंसाका समाचारहरु पढ्न-सुन्नु पर्दा यस्तो समाचारबाट दर्शकहरु वक्क भएका हुन सक्छन् । घटना दोहोरिरहँदा (जस्तो कि इराकमा) तीनमा मानवीय चाख, द्वन्द र नाटकीयपन पनि हराउन सक्दछ । यद्यपि यस्ता समाचारहरु सम्पादकको छनौटमा पर्नुको पछाडि नकरात्मकताले थप बल पुर्याउँछ । तर्सथ जति धेरै मानिस मर्यो वा जति बढी क्षति भयो त्यो घटना त्यति नै प्रमुख समाचारका लागि लायक बन्दछ ।
ग) अंतर्राष्ट्रिय समाचार प्रवाह (International News Flow)
सञ्चारमाध्यमहरुले विश्वभरि नै आफ्ना संवाददाताहरु राखेर समाचार संकलन गर्न आर्थिक र व्यावहारिक रुपमा सम्भव छैन । तर्सथ उनीहरुले विभिन्न अंतर्राष्ट्रिय समाचार संस्थाहरुबाट समाचार प्राप्त गर्ने गर्दछन् । यसरी समाचार उपलब्ध गराउनेमा अमेरिकाको एपी र फ्रांसको एएफपी तथा बेलायतको रिउर्टस अग्र पंक्तिमा पर्दछन् । यी संस्थाहरुले समाचार प्रवाहका लागि आ-आफ्नै मापदण्ड तय गरेका हुन्छन् । यद्यपि हिंसाका घटनाहरु आफैँमा समाचार बन्दछन् भन्ने मान्यता स्थापित भैसकेको छ । हिंसात्मक समाचारहरुले ‘नाटकीय‘ र द्वन्द हुनुपर्ने पश्चिमी संचारमाध्यमहरुको मापदण्ड पूरा गर्दछन् । नेपालका सञ्चारमाध्यमहरुले पनि यिनै संस्थाहरुबाट समाचार लिएर नेपालीमा अनुवाद गरी प्रवाह गर्ने गर्दछन् । मोफसल र राजधानीकै संचार माध्यमहरुले समेत बिदेशी समाचार संस्थाहरुबाट सीधै समाचार प्राप्त नगरेर राससकै समाचार प्रयोग गर्नर्ुपर्ने बाध्यता हालै जारी संचार अध्यादेशले गराइदिएको छ । यसकारण देशभरिका संचारमाध्यममा जाने अंतर्राष्ट्रिय समाचारको गठन (News Pattern) एउटै हुने गर्दछ । मोफसलका पत्रिकाहरुले त अंतर्राष्ट्रिय समाचारको हकमा राससबाट आएको समाचारलाई शीर्षकमात्र राखेर प्रकाशन गर्दा कहिलेकाहीँ समाचारसमेत एउटै पर्ने उदाहरण समेत प्रशस्त हुने गर्दछन् ।
विशेषगरी विश्वका प्रमुख सञ्चारमाध्यमहरुमा हाल सम्भवतः सबैभन्दा धेरै स्थान पाइरहेको इराकी हिंसाले थप मापदण्डहरु समेत प्राप्त गर्दछ । किनकि त्यहाँको द्वन्द विशेष प्रकारको छ । अमेरिका र बेलायत लगायत विश्वका अधिकांश देशहरु प्रत्यक्ष वा परोक्षरुपमा त्यहाँको युद्धमा सामेल भएका छन् । अझै अमेरिकी समाचार संस्था एपीले त यस युद्धको बारेमा बढ्तै स्थान दिने गरेको अनुभव छ सम्पादकहरुको । पोखरेल -२०६२ बि. स.) भन्नुहुन्छ -इराकी हिंसामा अमेरिकीहरु सामान्य घाइते भए पनि एपीले तत्कालै समाचार पठाइहाल्ने गर्दछ । यस्तो अवस्थामा ती समाचारहरुले बढ्ता स्थान प्राप्त गर्नु आर्श्चर्यजनक होइन तर आफ्ना पाठक/स्रोता/दर्शकका इच्छा र आवश्यकता अनुसारका समाचार दिन नसक्नु हाम्रो कमजोरी हो ।
(२) प्रभाव र परिणामः
क) हिसात्मक मनोविज्ञानको विकासः
माइकल कुन्जिक (१९९४-१८७) ले नै पुनः उल्लेख गरेका छन् -हिंसाको कभरेजले हिंसाका अपराधहरुलाई पनि प्रोत्साहित गर्न सक्छ । विशेषगरी राजनीतिक रुपमा प्रेरित हिंसा, जसको उद्देश्य प्रायः मिडियाको उपस्थिति वा आशातित् रिपोर्टिङ हुने गर्दछ ।
बास्तवमै टेलिभिजन वा फिल्महरुमा धेरै हिंसात्मक चलचित्र वा समाचारमूलक प्रस्तुती हेरेका कारण नै बालबालिकाहरु हिंसाप्रति प्रेरित हुने मनोविज्ञहरुको निश्कर्षछ । अमेरिका लगायतका विकसित देशहरुमा यही कारणले नै बेलाबेलामा बालबालिकाहहरुले आप\mनै सहपाठी साथीहरुको समेत हत्या गर्ने गरेका समाचारहरु आउने गर्दछन् । हाम्रै छिमेकी देश भारतमा पनि गत वर्षएक अपराधी धनञ्जय चर्टर्जीलाई दिइएको मृत्युदण्डको त्यहाँका टेलिभिजन च्यानलहरुले नाटकीय प्रस्तुती गरेका कारण त्यसको सिको गर्दा उत्तरी भारतकी एक वालिकाको ज्यान गएको समाचारलाई यही पर्रि्रेक्ष्यमा हेर्नु उपयुक्त हुन्छ । हाम्रो देश नेपालमा पनि बालबालिकाहरु हिंसात्मक खेलहरुतर्फउन्मुख भएका समाचारहरु बेलाबेलामा आउने गरेका छन् ।
आन्तरिक हिंसाका समाचारहरुलाई हामी टार्न सक्दैनौँ । तर त्यसलाई (Sensationalize) अतिरञ्जित नगरिकन दिएर त्यसको नकारात्मक प्रभावबाट कसरी बचाउने भन्ने विषय नै अहिलेको बहसको विषय बन्नु जरुरी छ । यस्तो अवस्थामा थप हिंसाका समाचारहरुलाई अझ भयानक रुपमा प्रस्तुत गर्नु नकारात्मक मनोवैज्ञानिक असर निम्त्याउनु बाहेक केही होइन ।
< ?xml:namespace prefix = o ns = "urn:schemas-microsoft-com:office:office" />
हिंसात्मक समाचारलाई बढी र नियमित स्थान दिएर नेपाली मिडियाले सोप्रति जबर्जस्ती चासो वृद्धि गराउन खोजिएको छ । पाठक स्रोताहरुमा पनि ती समाचार विना खल्लो महसुस गर्ने मनोविज्ञानको विकास गर्नसमेत नेपाली मिडिया सफल भएको छ । यसकारण अहिले आएर हिंसाका समाचारहरु अपरिहार्य र अनिवार्य बनिसकेका छन् । यो मनोविज्ञानलाई तत्काल अर्कोतर्फमोड्नु नेपाली मिडियाको अबको पहिलो प्राथमिकता बन्नुपर्दछ र यो एउटा बाध्यता पनि बनिसकेको छ । त्यस्ता समाचारहरुलाई फलोअप गरेर जबर्जस्ती चासोमा वृद्धि गर्न खोज्नु प्रत्युत्पादक हुन जान्छ ।
ग) घट्दो संवेदनशीलताः
स्यार्ण्र्डस (२००३-९९) ले उल्लेख गरेका छन् - टाढाका स्थानको लर्डाईं र द्वन्दहरुको बारेमा के मान्यता देखा पर्दछ भने हामीबाट जति टाढा मानिसहरु पीडित हुन्छन्, त्यति नै बढी उनीहरुको दुःख र पीडाका दृश्यहरु देखाउने चाहना हुन्छ ।
यही कराणले नै नेपाली मिडियामा पनि अंतर्राश्ट्रिय समाचारहरुमा बढी विभत्स र भयानक दृश्यहरु प्रकाशित प्रसारित हुने गर्दछन् । हिसाग्रस्त क्षेत्रमा कार्यरत धेरैजसो अंतर्राष्ट्रिय संचारमाध्यम र समाचार संस्थाका पत्रकारहरु विदेशी हुने गर्दछन् । तर्सथ त्यहाँ भैरहेका हिंसाप्रति उनीहरुको मानवीय संवेदनशीलता जाग्दैन र उनीहरु भयानक र विभत्स तस्वीर दृश्यहरुको खोजीमा लागिरहन्छन् । त्यस्तै समाचारहरु नेपाली संचारमध्यमले प्राप्त गरी जस्ताको तस्तै प्रकाशित प्रसारित गर्ने गर्दछन् ।
यसरी प्रकाशित प्रसारित गर्दा मानवीय संवेदनामा गहिरो आघात पर्न जान्छ । आन्तरिक हिंसाका समाचारहरुको पुनरावृत्तिले गर्दा नेपालीहरुको मानवीय संवेदनशीलता एकदमै घटेको छ । कुनै घटनामा मान्छे मरेन भने त्यो पनि के समाचार भन्ने मानसिकता पाठक र सञ्चारकर्मी सबैमा विकसित भएको छ । यसकारण थप हिंसाका समाचारहरु थप प्रत्युत्पादक बन्न सक्दछन् । यस्तो अवस्थामा इराकमा भएको बम विष्फोटमा तीन जना मरेको खबरलाई तीन कोलम स्थान दिनु पछाडिको तर्क ९यिनष्अ० बुझिनसक्नुको छ ।
गत बर्षभदौमा इराकमा नेपालीहरुको अपहरणपछि भएको हत्याका विभत्स दृश्यहरु प्रसारित गर्न अरेवियन टेलिभिजन अल जजिराका सञ्चारकर्मीहरुलाई कुनै संवेदनशीलताले रोकेन । तर त्यसप्रति नेपालीहरुको संवेदनशीलतालाई यहाँका मिडियाले नबुझी जस्ताको तस्तै समाचार प्रकाशित प्रसारित गर्दा अकल्पनीय परिणाम भोग्नुपरेको दृष्टान्त हामीसामु र्छलंग छ । यस्ता समाचार प्रसारित गर्दा विशेष ध्यान नपुर्याइएमा थप दृश्टान्तहरु नदोहोरिएलान् भन्न सकिन्न ।
फरक समाचार मापदण्ड (Different News Value)
विकसित र विकासोन्मुख देशहरुमा समाचारका मापदण्ड नै फरक हुने गर्दछन् । त्यसकारण दर्ुइ विश्वका संचारमाध्यमहरुले एउटै रुपमा समाचार प्रवाह गर्दा त्यसको औचित्य फरक पर्न जान्छ, जुन हिंसाका समाचारहरुको कभरेजमा भैरहेको छ ।
र्सवप्रथम हाम्रोजस्तो विकासोन्मुख मुलुकका समाचार मापदण्डहरुको बारेमा चर्चा गरौँ । यस्ता मुलुकका संचारमाध्यमहरुले उठाउनुपर्ने विषयमा विकास र पर्ूवाधारका सुविधाहरु, ग्रामीण विकास, शिक्षा, स्वास्थ्य, समानता, सामाजिक न्याय, र्सतर्कता र आन्तरिक राजनीतिक द्वन्दहरु प्रमुख हुन्छन् । जबकी विकसित देशहरुमा यी क्षेत्रहरु विकसित भैसकेका हुन्छन् । अनि उनीहरुले पैसा, हत्या, हिंसा, अपराध यौन स्क्याण्डलहरु, विज्ञान र प्रविधका चमत्कार, व्यक्तित्वहरु, खेल, व्यापार र चलचित्र आदिलाई समाचारकै मापदण्ड मान्ने गर्दछन् । नेपाल टेलिभिजनका दर्शकको चेतनाको स्तरको आधारमा रोएर्टसका समाचारलाई जस्ताको तस्तै दिनुमा के अर्थ राख्न सक्दछ भन्ने कुरा यिनै मापदण्डका आधारमा तय गर्न सकिन्छ ।
४. एउटा वृहत्तर बहसको खाँचो
यस लेखलाई टुंग्याउनु अघि सन् १९८१ मा यूनेस्कोले पारित गरेको नयाँ विश्व सूचना तथा संचार नीति (New World Information and Communication Order/ NWICO) को परिप्रेक़क्ष्यमा फराकिलो रुपमा ती समाचारहरुको औचित्यलाई केलाउने प्रयास गरौँ । विश्व सञ्चार क्षेत्रमा आफूहरुले पनि न्यायिक र सन्तुलित स्थान पाउनर्ुपर्दछ भनेर तेश्रो विश्वका असंलग्न मुलुकहरुले सन् ७० को दशकमा चलाएको सशक्त बहसको प्रतिफलस्वरुप यूनेस्कोको एक्काइसौँ महासभाले सो प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावले सम्बोधन गरेका विषयहरुमा सूचना र समाचारहरुको प्रवाहमा असमानता र असन्तुलन हटाउने, सूचनाको स्वतन्त्र प्रवाह हुन दिने, सूचनाको हकको सुनिश्चितता गर्ने तथा सूचना क्षेत्रमा रहेका र्सार्वजनिक र व्यक्तिगत एकाधिकारहरुको अन्त्य गर्ने लगायतका थिए । यस अघि नै सन् १९७५ मा असंलग्न राष्ट्रहरुले पश्चिमाहरुको एकपक्षीय र एकतर्फी समाचार प्रवाहलाई रोक्न नन-अलाइन्ड न्यूज पूल (Non-Aligned News Pool) नामक समाचार संस्था मार्फत् सामूहिक रुपमा आफ्ना समाचारहरु विश्व समुदायमा पुर्याउने प्रयास गरेका थिए । यी प्रयासहरुलाई अमेरिका लगायतका विकसित देशहरुले विरोध गरेपछि ८० को दशकको अन्त्यतिर नै सो नीति असफल बनाइएको छ । तर तेश्रो विश्वको भूराजनीतिक यथार्थलाई गहिरोसँग आत्मसात गरेर ल्याइएका ती प्रस्तावहरुलाई हाम्रोजस्तो देशमा पुनः बहसमा ल्याउनु जरुरी भएको छ ।
अंतर्राष्ट्रिय समाचार प्रवाहमा जसरी पश्चिमाहरुको मापदण्डलाई नै हामीले आफ्नै मापदण्ड मानेर समाचार प्रवाह गरिरहेका छौँ, त्यो पद्धतिमा प्रश्न उठाउने प्रयास गर्ने हो भने अंतर्राष्ट्रिय समाचारको संरचनामै परिवर्तन हुन सक्दछ । एपी र एएफपीले उनीहरुको इच्छा अनुसार तयार गरेका हिंसात्मक र नकारात्मक समाचार छोडेर सिन्ह्वा, पीटीआई र यूएनआईले दिएका विकास र चेतनामूलक समाचारहरुलाई प्राथमिकता दिन थाल्ने हो भने भोलि इराकमा बम नपड्केमा अंतर्राष्ट्रिय समाचार नबन्ने स्थितिबाट पार पाउन सकिन्छ । बंगलादेशमा पुल बनेको वा इराकमै महिलाहरुमा चेतना बढेको वा इजरायलमा मरुभूमिमा अन्न फलेका समाचारहरु बारम्बार आउन थालेमा फेरी पाठक स्रोताहरुमा त्यसप्रति पनि पक्कै चासोमा वृद्धि हुन्छ । त्यस्ता समाचारहरुले पक्कै पनि सकारात्मक परिणाम निम्त्याउन सहयोगी हुन सक्दछन् ।
सन्दर्भ सामाग्रीहरु (References)
;Gbe{ ;fdfu|Lx? (References)
Galtung, Johan and Ruge, M. H. (1965) The Structure of Foreign News, as illustrated in: Kunczik, Michael (1994:183), “Violence and the Mass Media” Bonn, Friedriech Ebert Stiftung (FES).
Kunczik, Michael (1994), Violence and the Mass Media, Bonn, Friedriech Ebert Stiftung(FES).
McQuail, Dennis (2001) McQuail’s Mass Communication Theory, 4th edn. < ?xml:namespace prefix = st1 ns = "urn:schemas-microsoft-com:office:smarttags" />
Mencher, Melvin (2004), Basic News Writing, 3rd edn. Reprint, New Delhi, Universal Book Stall.
Sanders, Caren (2003) Ethics and Journalism,
